Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नेपाल मंकिपक्सको उच्च जोखिममा


195
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ ।

यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

छिमेकी मुलुक भारतमा मंकिपक्सका कारण एक जनाको मृत्यु भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा विश्व स्वास्थ्य संगठनले लिएको छ ।

नेपालमा मंकिपक्सकको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।