काठमाडौं, जेठ ४ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन थप्न सिफरिस गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् वैठकले सिफारिस अनुसार कति दिन लकडाउन थप भन्ने निर्णय गर्ने छ ।
सरकारले गरेको लकडाउनको समयावधि सोमबार मध्यराति देखि सकिँदैछ ।
कोरोना भाइरसको संक्रमणबाट दुई दिनमा दुई जनाको मृत्यु भए पछि लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको बुझिएको छ ।







प्रतिक्रिया दिनुहोस्