१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


रेल चलाउन डिप्लोमा उत्तीर्ण


1.924k
Shares

काठमाडौं । सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत तोकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ अनुसार चालक तथा सहचालकको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोवाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउने योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सरकारले सुरूमा रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने व्यवस्था गरे पनि संशोधन गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।