काठमाडौं । जारी लकडाउनको थप समय सकिंदै गर्दा आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सांझ पांच बजे बस्ने बैठकले लडकाउनक बारे निर्णय लिनेछ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जारी लकडाउनको पछिल्लो समयसीमा भोलि सकिदै छ ।
मन्त्रिपरिषद् बैकठ बस्नु अघि दिउंसो कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक सिंहदरवारमा बस्दै छ ।
बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनको आगामी स्वरुपबारे छलफल तथा समीक्षा हुने बताइएछ ।
समितिको बैठकले कोरोनाको जोखिम बढिरहेकाले सरकारलाई लकडाउन थप्न सुझाव दिने सम्भावना रहेको छ ।
नेपालमा पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि एक हप्ता थपेर २५ चैतसम्मका लागि लकडाउन लम्ब्याइएको थियो ।
त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसैगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको थियो ।
पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थपिएको थियो ।









प्रतिक्रिया दिनुहोस्