काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आज(आइतबार)देखि संसदमा छलफल हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुंदैछ । आज प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि दलको धारणा प्रस्तुत गर्ने छन् ।
कांग्रेसले नीति तथा कार्यक्रमले अहिलेको समस्या हल नगर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराइसकेको छ ।
नीति तथा कार्यक्रममाथि छलफल भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् ।
नीति तथा कार्यक्रममा कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र उकास्न स्पस्ट मार्गचित्रको अभाव देखिएको भन्दै विपक्षीले आलोचना गरेका छन् ।
कोरोना महामारीका कारण नीति तथा कार्यक्रममाथिको छलफल सकेसम्म छोट्याउने कोशिस भइरहेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुसँग परामर्श गरेर नीति तथा कार्यक्रममाथि छोटो बहस गर्न आग्रह गर्नुभएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्