Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता


0
Shares

काठमाडौं, भदौ १ । थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्किएका छन् ।

आफ्नी कान्छी नातिनीलाई पढाइको सिलसिलामा थाइल्यान्डमा भर्ना गर्न गत साउन १६ गते पूर्वराजा शाह बैंकक प्रस्थान गरेका थिए ।

१५ दिनको थाइल्यान्ड बसाइँपछि उनी स्वदेश फर्किएका हुन् ।

उनको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र ठूली नातिनी पनि सँगै फर्किएका छन् ।

योपटक पूर्वराजा शाह स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमाजस्तो राजावादीहरुको भीड लागेन ।