३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो, ४५ हजार संक्रमितको अवस्था गम्भीर


0
Shares

 

काठमाडौं । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ ।

४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् ।

४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८३ हजार ९ सय बढी संक्रमित छन् ।

बेलायतमा २ लाख ६७ हजार संक्रमित मध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख २३ हजार संक्रमित मध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ८ सय जनाको मृत्यु भएको छ ।

जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ ।

चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । भारतमा करिब ८५ हजार संक्रमित मध्ये २ हजार ७ बढीे मृत्यु भएको छ ।

रसियामा करिब ३ लाख संक्रमित मध्ये २ हजार ४ सय बढीको मृत्यु भएको छ ।(एजेन्सी)