कैलाली, जेठ २ । कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको ‘क्वारेन्टाइन’मा राखिएका ४०० बढी नेपालीको उद्धार सुरु भएको छ ।
भारतको पलियामा ४९ दिन क्वारेन्टाइनमा राखिएका ४८० जनाको शुक्रबार उद्धार गरिएको हो ।
उनीहरुलाई नेपालमा ल्याएर पनि क्वारेन्टाइनमा राखिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
कैलाली घर भएकाहरुलाई स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई शुक्रबार कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ ।
नेपालीहरुको सीमामै गरिएको ‘र्यापिड टेस्ट’मा सबैको ‘नेगेटिभ रिपोर्ट’ आएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्