
एजेन्सी । विश्व महामारी बनेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४१ पुगेको छ ।
४५ लाख २० हजार ३ सय ९९ संक्रमित मध्ये १७ लाख १ सय ८७ जना उपचार पछि निको भएका छन् ।
४५ हजार ५ सय ५० जना संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८६ हजार ८ सय ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ । १४ लाख ५६ हजार बढी संक्रमित छन् ।
बेलायतमा २ लाख ३३ हजार संक्रमित मध्ये ३३ हजार ६ सय बढीको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख २३ हजार बढी संक्रमित मध्ये ३१ हजार ३ सय बढीको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७८ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार ४ सय बढीको मृत्यु भएको छ ।
उता ब्राजिलमा २ लाख २ हजार बढी संक्रमित मध्ये १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा करिब १ लाख ७५ हजार कोरोना संक्रमित मध्ये ७ हजार ९ सय बढीको मृत्यु भएको छ ।
इरानमा १ लाख १४ हजार संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय २९ संक्रमितमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतमा करिब ८२ हजार संक्रमित मध्ये २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।
रसियामा २ लाख ५२ हजार बढी कोरोना संक्रमित मध्ये २ हजार ३ सय बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्