Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नेपालका सातौं सङ्घनायक भिक्षु ज्ञानपूर्णिक अस्वस्थ


39
Shares

काठमाडौं, जेठ १ । नेपालको थेरवाद बुद्ध शासनका सातौं सङ्घनायक अग्गमहापण्डित डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीरको सघनकक्षमा उपचार भइरहेको छ ।

मिर्गौलारोगबाट ग्रसित ८१ वर्षीय भिक्षु ज्ञानपूर्णिकलाई उपचारका लागि १५ दिनअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । उनको हालसम्म चारपटक मिर्गौलाको ‘डायलासिस’ गरिसकिएको छ ।

उनी विगत चार दिनदेखि सघनकक्षमा रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जनाइएको छ ।

भिक्षु निग्रोधले उनलाई करिब चार महिनाअगाडिदेखि मिर्गौलाको समस्या देखिएको जानकारी दिए ।

सङ्घउपनायकलगायतका भिक्षुहरु, धम्मवतिलगायत गुरुहरु माँ, उपासक र उपासिकाहरु र विदेश र स्वदेशका ३०० भन्दा बढी बौद्ध विहारमा समेत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बौद्धपाठ भइरहेको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भटटराई, झलनाथ खनाल, माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पताल पुगी भिक्षु ज्ञानपूर्णिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उपचारमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएको भिक्षु निग्रोधले जानकारी दिए ।

नेपालस्थित थाइल्यान्ड र श्रीलंकाका राजदूतहरुलेसमेत उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भिक्षु ज्ञानपूर्णिक महास्थवीरकाले बुद्धधर्मबारे नेपालभाषा, नेपाली र अंग्रेजीमा करिब ६० ओटा किताब लेखेका छन् ।

उनले थाइल्यान्डको महामुकुट र महाचुगंल विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।