Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


आत्मबलले नै कोरोनालाई जितिने नेकपा अध्यक्ष दाहालको भनाइ, कोरोनाले नयाँ व्यवस्था जन्माउन सक्ने दावी


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आइसिटी टिओटी विषयको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले अहिलेको संकटको समयमा नेपालमा पनि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेकोसमेत बताए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले कोरोनाको महामारीकाबीच राष्ट्रियताको विषय पेचिलो भएर आएको र यसको हल गर्नुपर्ने बताए ।

एक्सल, इमेल मर्जिङ, गुगल क्लास रूम म्यानेजमेन्ट, जीमीट प्रविधिबाट कसरी शिक्षक अपडेट हुने, विद्यार्थीहरू कसरी पठाउने भन्ने विषयमा अनलाइनमार्फत् ५ दने प्रशिक्षण दिने कार्यक्रम सुरू गरिएको बताइएको छ ।

आजको कार्यक्रममा २ सय ५० शिक्षक सहभागी थिए ।