Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


म्याग्दीका वृद्धवृद्धा सामाजिक काममा व्यस्त


0
Shares

म्याग्दी । म्याग्दीका वृद्धवृद्धा पनि विकासका लागि श्रमदानमा संलग्न भएका छन् ।

बेनी नगरपालिका–३ भकिम्लीको डोले गाउँका ७० वर्ष हुन लागेका वृद्धवृद्धा युवाहरुसँगै सामाजिक कार्यमा व्यस्त छन् ।

गणेश स्मृति क्लव डोलेको पहलमा सुरु भएको श्रमदानसहितको अभियानमा करिब ४५ जनाको सहभागिता रहेको क्लवका अध्यक्ष विष्णुप्रसाद थापाले जानकारी दिए ।

२२ दिनदेखि गाउँका वृद्धवृद्धा र युवायुवती खेलमैदान निर्माणका लागि श्रमदानमा जुटेका छन् ।