Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सप्तरीमा कोरोनाको उच्च जोखिम, स्थानीय त्रसित


0
Shares

सप्तरी । डाक्नेश्वरी नगरपालिका– ३ हटैलका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि बस्तीका बासिन्दाहरु त्रसित भएका छन् ।

चितवनबाट आएका १८ वर्षीय युवालाई चन्द्रकान्त माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएको थियो ।

स्वाब रिपोर्ट आउन बाँकी रहेकै अवस्थामा डिस्चार्ज गरिएपछि ती युवा स्थानीय बजारमा किनमेल गरी घरमासमेत परिवारका सदस्य तथा साथीभाइसँग उठबस गरेका थिए ।

संक्रमित युवा बस्तीमा घुमफिर गर्नुका साथै विभिन्न व्यक्तिहरुसँग उठबस गरेको पाइएकोले बस्तीमा त्रास बढेको हो ।

संक्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बस्तीलाई पूर्णरुपमा सिल गरी मानव आवागमन निषेध गर्नुका साथै सघन रुपमा कोरोनाको परीक्षण कार्य अगाडि बढाउन स्थानीयको आग्रह छ ।

रिपोर्ट नआइकन डिस्चार्ज गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्न स्थानीयको माग छ ।