काठमाडौं, भदौ १ । सुनसरीको धरानसँग सिमाना जोडिएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का किरण राईले अघिल्लो वर्ष दुई रोपनी १४ आना दुई दाम जग्गाको कर करिब दुई सय रुपैयाँ तिरेका थिए ।
कित्ता नं. ५७० को उक्त जग्गा बैंकमा धितो राख्नका लागि दुई साताअघि उनी कर तिर्न गाउँपालिका पुग्दा भने उनी आश्चर्यमा परे ।
उनले तिर्नु परेको कर १२ हजार निस्कियो ।
जनप्रतिनिधि आएपछि मालपोत र सम्पत्ति करमात्र होइन, यो गाउँपालिकाले पर्यटकीय क्षेत्र भेडेटार, थुम्की र नाम्चेका चिया, नास्ताजस्ता मझौला खालका व्यवसायमा पनि चर्को कर तथा शुल्क बृद्धि गरेको छ । –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्