२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्यारासुट नेचुराल स्याम्पुको “सँगीको साथ साउन”


52
Shares

काठमाडौं। प्यारासुट नेचुराल स्याम्पुले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ ।

उक्त क्याम्पेन मार्फत, ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।“सँगीको साथ साउन” विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिलाहरुमा केन्द्रित अभियान रहेको कम्पनीले जनाएको छ । प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामाग्रीहरु : रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दिर्भिक रहेको कम्पनीको भनाई छ ।

प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामाग्रीहरुको मात्र प्रयोग गरिन्छ । मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो । मेरिकोले एसिया र अफ्रिका उदीयमान २५ भन्दा बढी देशहरुमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ ।