
काठमाडौं, बैशाख ३१ । विश्वभर कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको सख्या लगातार बढिरहेको छ ।
पछिल्लो तत्थ्यांक अनुसार २ लाख ९३ हजार ७ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
४३ लाख ६५ हजार ६ सय ६४ बढी संक्रमित मध्ये १६ लाख १६ हजार २ सय १२ जना उपचार पछि निको भएका छन् ।
अमेरिकामा १४ लाख ८ हजार बढी संक्रमित मध्ये ८३ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख २६ हजार ४ सय बढी संक्रमितमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ ।
यस्तै स्पेनमा २ लाख ७१ हजार बढी कोरोना संक्रमितमा २७ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २१ हजार २ सय बढी संक्रमितमा ३० हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।
उता फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार ९ सय नाघेको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार बढी छ ।
जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार बढी छ भने मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ ।
यसैगरी चीनमा ८२ हजार ९ सय १९ जना कोरोना संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
रसियामा संक्रमितको संख्या बढेर २ लाख ३२ हजार नाघेको छ । मृतकको संख्या २ हजार १ सय १६ पुगेको छ ।
यस्तै भारतमा ७५ हजार बढी कोरोना संक्रमितमध्ये २ हजार ४ सय ४० जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्