
दोहा, वैशाख ३१ । नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबारमात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ ।
कुल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।
कतार समाचार एजेन्सीकाअनुसार कतारमा तीन हजार १९ जना निको भएर ‘डिस्चार्ज’ भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि भएकाहरु सबैलाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।
कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पस्ट गरेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्