१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


ब्राजिलमा कोरोनाबाट एकै दिनमा ८ सय ८१ जनाको मृत्यु, अहिले सम्मकै उच्च मृत्यु


0
Shares

काठमाडौं, बैशाख ३१ । दक्षिण अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।

ब्राजिलमा एक दिनमै अहिले सम्मकै धेरै व्यक्तिको निधन भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा मंगलबार कोभिड–१९ का कारण ८ सय ८१ जनाको निधन भएको हो ।

यसअघि मे ८ मा ७ सय ५१ जनाको ज्यान गएको थियो । ब्राजिलमा अहिलेसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १२ हजार ४ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

यस्तै त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७८ हजार २ सय १४ पुगेको छ ।

मंगलबार मात्रै ९ हजार २ सय ५८ जना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये ७२ हजार ५ सय ९७ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म दुई लाख ९१ हजार ९ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

यस्तै हालसम्म ४२ लाख ६२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । (एजेन्सी)