Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भीम रावलका पूर्व सुरक्षा गार्डलाई कोरोना, बाँकी दुई संक्रमित पनि भर्खरै महेन्द्रनगर र सुनसरीबाट काठमाडौं भित्रेका


0
Shares

काठमाडौं । भक्तपुरका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ ।

संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । भक्तपुरकी अर्की कोरोना संक्रमित २५ वर्षिया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् ।

उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

यस्तै हिजो नै संक्रमण पुष्टि भएका काठमाडौंका एक व्यक्ति चन्द्रागिरि नगरपालिकाका बासिन्दा हुन् । उनी महेन्द्रनगरबाट आएको बताइएको छ ।