Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मध्यरातमा भुकम्पको धक्का, जनजीवन त्रसित


0
Shares

काठमाडौं । कोरोना संक्रमणको तीव्र वृद्धिसँगै मध्यरातमा गएको भुकम्पका कारण जनजीवन त्रसित बनेको छ ।

दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाई मध्यरातमा (११.५३ बजे) ५.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

दोलखालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, काठमाण्डौंलगायत ठाउँमा समेत ठुलै धक्का महसुस गरिएको छ । यो सँगै मानिसहरुमा त्रास बढेको छ ।

कोरोनाले घरभित्र बस भन्छ मध्यरातमा घर बाहिर जा भन्छ भन्दै सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन् ।

२०७२ सालमा गएको शक्तिशाली भुकम्पपछि पराकम्पहरु जाने क्रम अहिलेसम्म रोकिएको छैन् ।