२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लकडाउन खोल्न हतार गरिएकामा अमेरिकी वरिष्ठ स्वास्थ्य सल्लाहकारको चेतावनी


0
Shares

एजेन्सी, बैशाख ३१ । अमेरिकी सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकार डा. एन्थनी फाउचीले लकडाउन खोल्न हतार गरिएकामा चेतावनी दिएका छन् ।

यसरी हतारमा लकडाउन खोल्दा कोरोना संक्रमण बढ्ने र धेरै मानिस यसको चपेटमा आउने भन्दै डा. फाउचीले चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाभरमा लकडाउन खोल्ने पक्षमा रहँदा उनकै स्वास्थ्य सल्लाहकारले भने यसरी अन्धाधुन्ध लकडाउन खोल्दा ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका हुन् ।

अमेरिकामा ८३ हजारभन्दा बढी मानिसको कोरोनाकै कारण मृत्यु भएको आधिकारिक तथ्यांक छ । डा. फाउचीले मृत्युको वास्तविक संख्या औपचारिक रुपमा घोषणा भएकोभन्दा बढी हुनसक्ने पनि बताएका छन् ।

डा. फाउचीले यसो भनिरहँदा अमेरिकाका धेरै राज्य भने खुल्न थालिसकेका छन् । संक्रमणको खतरा रहेको र यो फैलियो भने नियन्त्रणबाहिर हुनसक्ने चेतावनी पनि उनले दिएका छन् । यसले अर्थतन्त्र खतरामा लैजाने र मृत्यु बढाउने काम मात्र हुने उनको भनाइ छ ।