बारा, वैशाख ३० । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै पर्सा जिल्लाको वीरगन्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी–साधन पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई कम गर्न स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजनबाहेकका हस्तलिखित तथा इ–पाससमेत बुधबारदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमानाका जोडिएका ठाउँहरुबाट आवात–जावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक कामबाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।











प्रतिक्रिया दिनुहोस्