
बारा । नेपालकै प्रमुख आर्थिक करिडोर पथलैया–वीरगञ्ज सडक खण्डको २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडकमात्र निर्माण पूरा भएको छ ।
२०७३ साउनदेखि सुरू भएको दुई वर्षे निर्माण अवधि रहेको उक्त योजनामा निर्माण कम्पनीले हालसम्म एक पुल र ६ सय मिटर सडकमात्र बनाएको हो ।
योजनाका प्रमुख मनिषकुमार साहले हालसम्म जितपुरको लालका पुल र ड्राइ पोर्टदेखि आईसीपीसम्मको ६ सय मिटर सडकमात्र निर्माण कम्पनीले योजनालाई स्वामित्व हस्तान्तरण गरेको बताए ।
योजनाले सार्वजनिक गरेको तथ्यांकमा उक्त पुल र सडकबाहेक ७८ प्रतिशत भौतिक प्रगति उललेख गरेको छ । उल्लेखित प्रगतिमा सबै खण्डमा गरिएको काम पुनः मर्मत गरिनुपर्ने, बिग्रिएको, भत्केको देखिन्छ, जसलाई मर्मत गरेर योजनाले बुझ्न अझै २ वर्ष लाग्ने देखिन्छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्