काठमाडौं, साउन ३१ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले भारतको सरोकार नेपालले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
भारतको ७२औं स्वतन्त्रता दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतको स्वार्थ र चाहनालाई बुझेर नेपालले सम्बोधन गर्न सक्नुपर्ने बताए ।
देश ठूलो/सानो भएपनि दुवैको आ–आफ्नो सम्मान हुने भन्दै उनले ‘दुवैको राष्ट्रिय स्वार्थलाई एक–अर्काले सम्बोधन गर्नुपर्छ’–भने ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विगतका सहमति र सम्झौताहरु कार्यान्वयन हुनुपर्ने भन्दै दुई देशबीचको धर्म, कला र संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताए ।
यस्तै, पूर्वउपराष्ट्रपति परमानन्द झा, राप्रपाका नेता पशुपतिशमशेर राणा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले नेपाल र भारतको सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा भारतीय राजदूत मन्जिभसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी भदौमा हुने नेपाल भ्रमणकाक्रममा पशुपति धर्मशालाको उद्घाटन हुने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्