Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा


0
Shares

काठमाडौं, वैशाख ३० । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावासअगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’ उल्लंघन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा पहाडीसहित लकडाउन उल्लंघन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई दिनभर राखेर छाडिने जनाइएको छ ।

केही दिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ ।

सरकारले सडक बनाएको विषयमा ‘कूटनीतिक नोट’ पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले उक्त क्षेत्र नेपालको भूमि भएको प्रस्ट पारिसकेको छ । रासस

Skip This