३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भारतमा रेलसेवा सञ्चालन


0
Shares

काठमाडौं, वैशाख ३० । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेलसेवा मंगलबारबाट सुरु भएको छ ।

रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरुमा रेलसेवा सुरु गरेको हो ।

मन्त्रालयले रेलसेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

यसअघि, ‘लकडाउन’का कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्‍याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो ।

रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ ।

रेलमन्त्री पीयुष गोयलकाअनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्‍याउन ४६८ ओटा रेल सञ्चालन गरिएको छ ।

कोरोना संक्रमणको त्रासकाबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ ।

भारतीय रेलसेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ ।

यस्तै, दिल्लीभित्र चल्ने सार्वजनिक रेलसेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको छ ।

यसैबीच, रेलसेवा सञ्चालन हुनुअघि अनलाइनमार्फत् ३० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

करिब ५४ हजार यात्रुले रेलयात्राका लागि टिकट खरिद गरिसकेको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

अनलाइन आवेदन खुलाएको केही घन्टामै १० करोडभन्दा बढीको कारोबार भएको बताइएको छ । (एजेन्सी)