म्याग्दी । लकडाउनको समयमा म्याग्दीका दुई गाउँपलिकाका स्थानीयले साढे ७ किलोमिटर मोटर बाटो निर्माण गरेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा साढे दुई किलोमिटर र बेनी नगरपालिका–१० पात्लेखेतमा ५ किलोमिटर सडक निर्माण गरिएको सडक निर्माण समितिका अध्यक्ष समिर रोकाले जानकारी दिए ।
शिखमा कुल १५ लाख ७१ हजार ८ सय ७० रुपैयाँँको लागतमा सडक निर्माण कार्य सम्पन्न भएको छ भने पात्लेखेतमा बेनी नगरपालिकाको ४ लाख र पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिका सदस्यबाट एक लाख रकम संकलन गरी सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्