Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


इलामको शुक्रबारे बजारमा आगलागी हुँदा तीन घर जले, ७० लाख बढीको क्षति


0
Shares

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ को नामसालिङस्थित शुक्रबारे बजारमा गएराती आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

राती १० बजे सुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

क्षति विवरण संकलन भइरहेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

Skip This