Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पाल्पाका सहकारीले पुर्‍याए घरघरमा फलफूल र तरकारी


0
Shares

पाल्पा । सहकारी संस्थाले फलफूल र तरकारी उपभोक्ताको घरघरमा पुर्‍याउने गरेको  छ ।

लकडाउनको समयमा पाल्पाको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा माथागढी गाउँपालिकाको विभिन्न स्थानमा संकलन गरेका मौसमी तथा बेमौसमी फलफूल र तरकारी एक दिनको फरकमा तानसेनका उपभोक्तासम्म पुर्‍याएको हो ।

तानसेनका उपभोक्ताहरु गाउँको तरकारी फलफूल किन्न आ–आफ्नो घर अगाडी चोकचोकमा लाइन लागेर बस्ने गरेका छन् । सहकारीले गाउँको उत्पादन शहरमा ल्याउँदा स्थानीय पनि खुशी भएका छन् ।

कृषकको उत्पादन शहरका उपभोक्तासम्म पुर्‍याएर कृषकलाई उत्साहित बनाउने काम सहकारीले गर्दै आएको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार पंन्थीले बताए । 

Skip This