Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


स्वयम्भूमा सरसफाइ


0
Shares

काठमाडौं, वैशाख २९ । ‘लकडाउन’को समय उपयोग गर्दै स्वयम्भू महाचैत्य क्षेत्रमा सरसफाइ गरिएको छ ।

भक्तजनहरु नभएको मौकामा महाचैत्यलगायत त्यहाँ रहेका मठ–मन्दिरहरु सफा गरिएको हो ।

हारती अजिमाका पुजारी सरोजरत्न बुद्धाचार्यले विश्व सम्पदा सूचीमा रहेको महाचैत्य परिसरमा सरसफाइ र मर्मत–सम्भार पनि गरिने बताए ।

केही दिनअघि हारती अजिमाको चन्दा बाकस नै फोरेर पैसा चोरिएपछि यस क्षेत्रमा सुरक्षा कडा बनाइइएको छ ।

पुजारीहरुले महाचैत्य क्षेत्रमा सीसीटीभी जडान गर्न मागसमेत गरेका छन् ।

Skip This