
रोमन आचार्य र सानु माली (इमेज)
काठमाडौं, वैशाख २९ । चीनले सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा पर्ने दाबी गरेको विषयमा सामाजिक सञ्जालमा चर्को विरोध भइरहँदा नेपाल सरकारले भने थप टिप्पणी गर्न जरुरी नभएको बताएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले गल्ती सञ्चाएको भन्दै थप टिप्पणी आवश्यक नभएको तर्क परराष्ट्र मन्त्रालयले गरेको हो ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले मे २ मा सगरमाथा चीनको तिब्बतमा पर्ने दाबीसहितको तस्वीर सार्वजनिक गरेको थियो ।
सीजीटीएनको ट्वीटर ह्यान्डलमा लेखिएको थियो–‘चोमोलोङ्मा अर्थात् सगरमाथा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ, सगरमाथाको उत्तरी खन्ड चीनमा पर्दछ ।’
जसको सामाजिक सञ्जालमार्फत् नेपालीहरुले तीव्र आक्रोश पोखेका थिए । त्यसपछि गत आइतबार सीजीटीएनले उक्त गल्ती सच्याउँदै ‘नेपाल–तिब्बत सीमामा अवस्थित माउन्ट एभरेस्ट’ भनको थियो ।
चिनियाँ सञ्चारमाध्यमको उक्त कदमपछि कुनै टिप्पणी गर्नु जरुरी नरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
छपटक सगरमाथाको आरोहण गरिसकेका टानका पूर्ववरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा चिनियाँ पक्षको दाबीमा आपत्ति जनाउन आवश्यक नभएको ठान्छन् ।
सीमामा पर्ने भएकाले सगरमाथामा दुवै देशले दाबी गर्न पाउने उनको तर्क छ ।
नेपालले सगरमाथा आफ्नो हो भनेर दाबी गरेजस्तै चीनलाई पनि त्यस्तो अधिकार रहेको शेर्पाको तर्क छ ।
वि.सं. २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ राष्ट्रपति माओत्से तुङबीच सगरमाथाको स्वामित्वबारे सहमति भएको थियो । चीनले सगरमाथा नेपालतर्फ पर्ने तथ्य स्वीकारेको थियो ।
पछिल्लो समय भने दुई देशबीच सगरमाथाको उचाइको आधार चट्टान वा हिउँको चुचुरो भन्नेमा विवाद छ ।
अघिल्लो वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा वास्तविक उचाइ पत्ता लगाउन संयुक्त अनुसन्धान गर्ने सहमति भएको थियो ।
तर, चीनले उत्तरी मोहडाबाट उचाइ नाप्न ५३ जनाको प्राविधिक टोली परिचालन गरेको छ ।
यअसघि, सन् २००५ मा चीनले सर्वेक्षण गरेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर रहेको दाबी गरेको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्