Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


राप्रपा युवा संगठनका दुई दर्जन नेता–कार्यकर्ता पक्राउ


0
Shares

काठमाडौं, वैशाख २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट युवा संगठनका करिब दुई दर्जन नेता–कार्यकर्ताहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतले नेपाली भूमिमा सडक बनाएको भन्दै भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गर्न जाने तयारीमा रहेका युवा नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो’, ‘भारतीय सेना फिर्ता गर’, ‘हाम्रो भूमि मिच्न पाइँदैन’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भारतीय हस्तक्षेप मुर्दावाद’लगायतका नारा लेखेका पम्प्लेटहरु बोकेर विरोध जनाएका थिए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ ।

पक्राउ पर्नेमा राप्रपा युवा नेता कैलाश कटुवाल, हिक्मतजंग कार्की, कुन्तीकुमारी शाही, प्रकाश रिमाल, महेश सिंह, शशी भण्डारी, निराजन बम, जगदीश राजभण्डारी, अभिषेक अधिकारी, विशाल राउतलगायका युवा नेता छन् ।

प्रहरीले बल प्रयोग गर्दा युवक संगठनका उपाध्याय कैलाश कटुवाल, सचिव हिक्मतजंग कार्कीलगायतलाई सामान्य चोट लागेको थियो ।

भारतीय हस्तक्षेप नरोकिएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । राप्रपाले भारतीय हस्तक्षेपको विरोध गर्दै आएको छ ।