
काठमाडौं । भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोबार जाने सडक विस्तार गरेको विरोध प्रदर्सनमा उत्रिएका नेविसंघ महामन्त्री दिपक भट्टराईसहित ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार अपरान्ह सिंहदरबार परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महामन्त्री भट्टराईसहित विद्यार्थीहरु लोकेन्द्र भण्डारी, खगेन्द्र कर्ण, गणश टन्डन, सोपन बोहोरा, किशोर गुरुङ, पम्फा गन्दरा, विश्वास सल्यानी, धर्म तुलाधर, मुक्ती ढकाल, नारायण हमालसहितका विद्यार्थी पक्राउ परेका हुन ।
भारतले सीमा अतिक्रमण गर्दा सरकार मौन बसेको भन्दै उनीहरुले सिंहदरबार परिसरमा चर्का नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्