काठमाडौं, वैशाख २९ । आगामी बजेट ‘कोभिड–१९’ संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै सांसदहरुले उक्त जोड दिएक हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपद् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
आमकिसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्नेमा पनि उनले जोड दिए ।
बजेटलाई अनावश्यक महत्वाकांक्षी नबनाइ आजको आवश्यकताका आधारमा यथार्थपरक बजेट ल्याउन श्रेष्ठले सुझाव दिए ।
नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए ।
उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानीकेन्द्रित गर्न पनि उनले सुझाए ।
सांसद वेदुराम भुसालले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्ने बजेट ल्याउन आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्