Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


चर्को विरोधपछि भारतले दशगजा क्षेत्रको बाँधमा पर्खाल लगाउने काम रोक्यो


0
Shares

रौतहट, वैशाख २९ । चर्को विरोधपछि भारतले रौतहटको दशगजा क्षेत्रमा रहेको बाँधमा थप पर्खाल लगाउने काम रोकेको छ ।

‘लकडाउन’को मौका छोपेर दशगजा क्षेत्रमा पर्ने ईशनाथ नगरपालिका–१ को सीमामा पाँच फिट माटो र ढुंगा पुरेर थप पर्खाल लगाउने काम भइरहेको थियो ।

स्थानीयको चर्को विरोधपछि भारत बाँध निर्माणबाट पछि हटेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले एकतर्फीरुपमा भारतले थप्दै आएको बाँधमा पर्खाल लगाउने काम तत्काल रोक्न निर्देशन दिएको जनाएको छ ।

भारतले सीमावर्ती विभिन्न क्षेत्रमा बनाएको बाँधका कारण तराईका विभिन्न जिल्ला वर्षेनि डुबानमा पर्दै आएका छन् ।