Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


प्रधानमन्त्रीको आलोचनामा गगन थापाको कविता


0
Shares

काठमाडौं, बैशाख २९ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको आलोचनामा संसदमा कविता वाचन गरेर सुनाएका छन् ।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको भन्दै पूर्वमन्त्रीसमेत रहेका थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरे ।

कविताको शुरु गर्दै थापाले भने, ‘छैन यहाँ देशको नक्शा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन् जोरी खोज्ने को ही छैन्न हेप्ने ।’

कवितामा थापाले कोरोना महामारीको समयमा गरीब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकको आवाज सरकारले नसुनेको भनेका छन् ।

यस्तो थापाले संसदमा वाचन गरेको कविता

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात

गरिबलाई सम्मान छ गरिबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी

हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आ हो साह्रै भाग्यमानी म त भाग्यमानी