काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।
उनले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिव स्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताए ।
कोरोना नियन्त्रणपछि नभई भारतसंग तत्कालै वार्ता चाहेको उनको भनाई थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
विगतमा समस्याको समाधान नहुनुका पछाडि दलहरुबिचको एकता नहुनु पनि एक रहेको उनले टिप्पणी गरे ।
भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा पहिल्यैदेखि नभएको विषयमा आफूले राखेको भनाईलाई सञ्चार माध्यमले गलत रुपमा प्रस्तुत गरेको जिकिर गरिन् ।









प्रतिक्रिया दिनुहोस्