२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सञ्चार माध्यमलाई सही सूचना सम्प्रेषण गर्न गगन थापाको आग्रह


546
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चार माध्यमहरुसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुनेभन्दै यसलाई छलफलमा भएका कुरालाई सहइ ढंगले प्रश्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताउनु भयो ।

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।