पाँचथर । पाँचथरमा हावाहुरीसँगै आएको असिना पानीका कारण बालीनालीमा क्षति पुर्याएको छ ।
गएराति आएको हावाहुरी र असिना पानीका कारण मकै, गहुँ, तोरी, तरकारी खेती तथा फल लाग्दै गरेको किवी,अलैँची, चियाको मुनामा क्षति पुर्याएको छ ।
फिदिम नगरपालिकाको नाँगिन,लुङरुपा,फालेलुङ गाउँपालिकाको आकाशे,सुर्केनाँगी,लुवाफु लगायतका स्थानमा हावाहुरी र बाक्लो असिना परेको थियो ।
अन्नवालीमा पुगेको क्षतिबारे विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्