Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


७१ प्रतिशत श्रमिक कोभिडकालमा तलबविहीन


143
Shares

काठमाडौं । कोभिड १९ संक्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ ।

विशेषगरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड १९ संकटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन् ।

प्रवासी नेपाली समन्यव समिति (पीएनसीसी ) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो ।

सो अध्ययनले आडीका श्रम गन्तव्यहरू कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स तथा मलेसियामा कार्यरत श्रमिकले तलब नपाएको, कटौति भएको तथा ढिलो तलब पाएको उल्लेख छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।