काठमडौं, बैशाख २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विगतका अयोग्य शासक र सरकारका कारण लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमणमा परको बताए ।
आइतबार परराष्ट्र मन्त्रालयमा विभिन्न सात विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र लिँदै उनले विगतका अयोग्य शासकका कारण सीमा समस्या देखिएको र केपी ओली सरकारले मात्र स्पष्ट रुपमा पहिलो पटक लिपुलेक र कालापानी नेपालको भूभाग हो भनेर अडान राखेको दावी गरे ।
विगतका कुनै सरकारले अहिलेसम्म सो क्षेत्रका बारेका नबोलेको भन्दै अब अडान कायम राखेर कुटनैतिक पहल र वार्तामार्फत समस्या समाधान गर्ने दावी गरे ।
नेविसंघ, अखिल क्रान्तिकारी लगायतका सात विद्यार्थी संगठनले संयुक्तरुपमा मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै लिपुलेक फिर्ता गर्न तत्काल सर्वदलिय, सर्वपक्षीय बैठक राखि भारतसँग उच्च कुटनैतिक पहल गर्न माग गरेका छन् ।
नभए भारतीय हस्तक्षेप र सरकारी उदासिनताविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत विद्यार्थी संगठनहरुले दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्