Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भारतसँग तत्काल भिडियो वार्ता गरः माधव नेपाल


0
Shares

काठमाडौं, बैशाख २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न सुझाव दिएका छन् ।

नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका नेता नेपालले भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने सुझाए ।

नेपालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको मौका छोपेर गरिएको अतिक्रमणसम्बन्धमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फ्रेसन्सबाट कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौं ।’

देशको सम्पूर्ण भूभागसहितको आधिकारिक नक्शा सार्वजनिक गर्न माग गर्दै उनले भनेका छन्, ‘आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्शा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।’

देशको भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न माग गर्दै नेता नेपालले सीमाको नियमित नियमन र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको उचित प्रबन्ध गर्नुपर्ने भनेका छन् ।

Skip This