२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाली छड भारत निर्यात

श्री स्टिल्सको टीएमटी छड भारत पठाइयो

637
Shares

भैरहवा । टीएमटी छड उत्पादन गर्दै आएको रुपन्देहीको श्री स्टिल प्रालीले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ ।

नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भेरहवाको बेलहिया नाका हुँदै भारत महारजगन्ज जिल्लाको कुनसेरवामा पहिलोपटक निर्यात सुरु गरेको उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताए ।

अग्रवालले आगामी दिनमा भारतीय बजारको माग अनुसार निर्यात बढाउँदै लैजाने योजना रहेको सुनाए । सरकारको नीतिका कारण निर्यात सहज भएको भन्दै उनले नीतिअनुसार अन्य काम फटाफट भए अझै सहज हुने जनाए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।