काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।
उनले पटकपटक यही कुरा दोहोर्याउँदै २० मिनेट जति रोष्ट्रम छाडेनन् । ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गनै स्वीकृतिदिने सम्बन्धी सम्झौताको प्रावधानमाथि छलफलका क्रममा आफ्ना भनाइ राख्न रोष्ट्रममा पुगेका रावलले एसपीपीको कुरा उठाएका हुन् ।
रावलले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णय गरेकाले त्यसकाे जानकारी अमेरिकालाई पत्रमार्फत गराउने रुलिङ गर्न पटकपटक सभामुखकाे ध्यानाकर्षण गरे ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्