Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


राष्ट्रियसभा समितिका सभापतिहरुको निर्वाचन मिति सर्‍यो


0
Shares

काठमाडौं, साउन ३१ । सरकारले अपराधपीडित संरक्षण विधेयक २०७५ राष्ट्रियसभामा पेस गरेको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराधपीडित संरक्षण विधेयक, २०७५ पेस गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री ढकालले अपराधपीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनःस्थापित हुन विधेयकले मद्दत पुर्‍याउने बताए ।

अपराधपीडित संरक्षण विधेयक, २०७५ माथि कुनैपनि विरोधको सूचना परेको थिएन ।

यसैबीच, राष्ट्रियसभाअन्तर्गत्का विषयगत समितिका सभापतिको निर्वाचनको मिति सारिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष कारणबस समिति सभापतिहरुको निर्वाचन आगामी भदौ १३ गते बिहान ११ बजेका लागि सारिएको बिहीबारको बैठकमा जानकारी दिए ।

यसअघि, राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ ३ गते गर्नेगरी निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ ।