Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


भारतीय दूतावासअगाडि प्रदर्शन गर्दा पक्राउ गरिएकाहरुलाई छाडियो


0
Shares

काठमाडौं, वैशाख २७ । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माणमा गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्नेक्रममा पक्राउ गरिएका विद्यार्थीहरुलाई शनिबार साँझ छाडिएको छ ।

शनिबार सत्तारूढ नेकपाको भ्रातृसंगठन अनेरास्ववियुका कार्यकर्ताले भारतीय दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

त्यसक्रममा केही विद्यार्थीहरु पक्राउ परेका थिए भने माइतीघर मन्डलामा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरु सबैलाई नेपाल पुलिस क्लबमा राखिएकोमा साँझ छाडिएको हो ।