२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


न्यायाधीश अधिकारी तानिए सर्वोच्चमा


3.198k
Shares

काठमाडौं । सर्वोच्च अदालतले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई काजमा तानेको छ ।

कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायापरिषद्मा परेको उजुरीका आधारमा न्यायाधीश अधिकारीलाई सर्वोच्चमा काजमा तान्नुभएको हो ।

उहाँलाई जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको हो ।

सर्वोच्चले यसअघि पनि जिल्ला न्यायाधीशहरु नविन कुमार जोशी, बद्रीप्रसाद ओली, अम्विका निरौला, सूर्यकुमार अधिकारी लगायतलाई सर्वोच्चमा काजमा तानेको थियो ।