Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


तत्कालीन नेकपाका पाँच नेताको बैठकपछि प्रचण्डले भने– ‘विचार मिल्नेसँग एकीकरण गर्नुपर्छ’


4.7k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेसँग पार्टी एकीकरण गरेर जाने बताउनुभएको छ ।

सिंहदरबारमा भएको तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकबाट बाहिरिँदै गर्र्दा अध्यक्ष दाहालले पुनः पार्टी एकीककरण गर्नेबारे सकरात्मक छलफल भएको बताउनुभयो ।

कांग्रेससँगको गठबन्धनलाई भने कायमै राख्नेबारेमा कसैको पनि विमति नरहेको उहाँले बताउनुभयो ।

‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको बहुमत हौं,’ उहाँदले भन्नुभयो, ‘त्यसैले विचार मिल्नेहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ, पार्टी एकीकरणको पनि चर्चा गरेका छौं ।’

बैठकमा माओवादी अध्यक्ष दाहालसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, कम्युनिष्ट नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

Skip This