काठमाडौं, वैशाख २७ । बन्दाबन्दीका कारण दुई छाक टार्न समस्या भएको गुनासो मिर्गौला रोगीहरुले गरेका छन् ।
शनिबार सामुदायिक विकास संघको संयोजनमा भएको राहत वितरण कार्यक्रममा पीडितहरुले वडा कार्यालयले दिएको चार किलो चामलसहितको राहत प्याकेजले खाद्यान्न संकट नटरेको बताएका छन् ।
सरकारले उपेक्षा गर्दा पेटभरि खानसमेत नपाएको साथै ‘डायलासिस’ गर्न आर्थिक अभाव भएको गुनासो पनि उनीहरुले गरेका छन् ।
कार्यक्रममा सामुदायिक विकास संस्थाका पूर्वअध्यक्ष प्रगतिमान रञ्जितले रोगीहरुको गुनासो बढेपछि देशभरबाट सम्पर्कमा आएका १७२ जना दीर्घरोगीलाई खाद्य सामग्री वितरण गरिएको बताए ।
संस्थाले हेक्याफ र चुजी फाउन्डेसनसँगको सहकार्यमा राहत सामग्री वितरण गरेको हो ।
राहत पाउनेमध्ये ९० प्रतिशत बिरामीहरुमा मिर्गौलाको समस्या रहेको छ भने केही मानसिक तथा मुटुरोगीहरु छन् ।









प्रतिक्रिया दिनुहोस्