Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


क्लब २८ द्वारा निःशुल्क भोजनको व्यवस्था


0
Shares

काठमाडौं, वैशाख २७ । बागबजारस्थित क्लब २८ ले मजदुर तथा सडकआश्रित मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

२३ दिनदेखि दैनिक ३०० भन्दा बढी मानिसलाई निःशुल्क खानाको व्यवस्था गर्दै आएको छ ।

सडक सहारामा बाँच्ने मजदुर वर्गमा खाद्यान्न अभाव भएपछि निःशुल्क खाना खुवाउन थालेको क्लबका अध्यक्ष अरुण तण्डुकार बताउँछन् ।

क्लबले हरेक दिन बिहान १० बजेदेखि पद्मकन्या क्याम्पसअगाडि खाना खुवाउने गरेको छ ।

अध्यक्ष तण्डुकारकाअनुसार एक छाक खानाका लागि १५ हजार रुपैयाँ खर्च हुने गरेको छ । सबै खर्चको व्यवस्था समाजसेवी प्रगतिमान रञ्जितले गरिरहेका छन् ।

क्लबले सडकमा भेटिने पशुपक्षीलाई पनि खाना खुवाइरहेको जनाएको छ ।